OUR SERVICES

संस्थापक अध्यक्षको कलमबाट (Message from Founder Chairperson)

Chairperson Mr. Charan Timalsena
Mr. Charan Timalsena
Founder Chairperson

श्री पुष्प वहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना वि.सं.२०५७ साल जेठ ९ गते भएको हो । संस्था स्थापना गर्नुको मुख्य उद्देश्य समाजमा छरिएर रहेको ससाना रकमलाई संकलन गरी सुरक्षित गर्नु थियो । संस्था दर्ता गर्नुभन्दा पहिला वु.न.पा. वडा नं.९ हाल ७ मनकामना टोलमा रहनुहुने टोलवासीहरु सवै मिली मासिक रुपमा रु. १० संकलन गरी जम्मा भएको रकम सस्तो व्याजदरमा आवश्यकता हेरीकन लगानी गर्ने प्रचलन थियो । विस्तारै मासिक रुपमा वचत गर्ने रकम रु.१० वाट वृद्घि गरी रु.१००। वचत गर्न थालियो । मिति २०५६।१२।२१ गते सोमवारको दिन सवै वचत कर्ताहरु जम्मा भई प्रारम्भिक भेला (साधारण सभा) गरियो ।

सो सहकारी सिद्घान्त अनुसार सदस्यहरुलाई आफुले आर्जन गरेको आयवाट नियमित रुपमा वचत गर्ने बानी वसाल्न उत्प्रेरीत गरी संकलित बचतवाट उचित व्याजदरमा विभिन्न शिपमुलक आय आर्जनका लागि क्रृण लगानी गरी आर्थिक स्तर उकास्न, सामाजिक सहयोग तथा सद्भावना अभिवृद्घि गर्न सामुहिक हितका लागि विभिन्न श्रृजनशिल कार्य गर्न गराउन तथा न्यून स्तरका व्यक्तिहरुलाई उकास्न विभिन्न कार्यक्रम संचालन गर्दै देशको आर्थिक विकासमा सक्दो टेवा पुर्याउनका लागि सहकारी ऐन २०४८ अन्तर्गत मिति २०५७ साल जेठ ९ गते डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता गरी वु.न.पा वडा नं. ७ पुष्पनगरमा संस्थाको कार्यालय स्थापना गरियो ।

सर्वप्रथम संस्थाको उद्देश्य अनुरुप विपन्न वर्गका व्यक्तिलाई रोजगार प्रदान गर्ने , प्लाष्टिकको प्रयोग हटाई वातावरण प्रदुशण रोक्ने र सहकारीको माध्यमवाट उत्पादनशिल कार्य गरी सामुहिक आर्थिक स्थिति सुदृढ गर्दै लैजाने उद्देश्यले पुष्प वहुउद्देश्यीय कागज सामाग्री उद्योग संचालनका लागि मिति २०५७।०८।०७ गते संस्थाको विशेष साधारण सभा आव्हान गरी ५ सदस्यीय उद्योग संचालक समिती गठन गरियो।

Read More

अध्यक्षको कलमबाट (Message from Chairperson)

Mr. Ram Prasad Pandey Chairperson

समाजमा रहेका जनताहरुको समान उद्देश्य र भावनालाई साथ सहयात्रा गर्दै एकताबद्दताका साथमा एक आपसमा रहेका समस्याहरु समाधान र सहकार्य गर्ने अभिप्रायले सहकारीको भावना बिकशित भएको देखिन्छ । सहकारीको अर्थ सह कार्य अर्थात सामुहिक कार्यहरु गर्ने एक बैधानिक निकाय हो र सहकारीमा आबद्ध रहने सदस्यहरुको सामाजिक, आर्थिक लगायतका क्षेत्रमा सर सहयोग, हातेमालो गर्दै अगाडी बढ्ने सोचका साथ २०५७ जेष्ठ ९ गतेका दिन यस पुष्प बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएको हो । सहकारी एक बिशिष्ठ अभियान हा । यसको माध्यमबाट शेयर सदस्यहरुलाई चेतनामुलक, स्वास्थ्य सम्बन्धि शिक्षा तथा शिबिर, सहकारी शिक्षा तथा सिपमुलक तालिमहरुका माध्यमबाट सदस्यहरुलाई स्वरोजगार तथा सचेतना गराउने कार्य सहितका अभियानहरु बिगत बर्षहरुमा गरिदै आएका छन् । यस सहकारीको स्थापनाको उद्देश्य अनुसार बहुउद्देश्यीय काम गर्ने बिगत बर्षहरुमा पनि प्रयास भएकोमा ति अनुभव तथा योजनालाई मार्गदर्शनको रुपमा लिदै यस अबधिमा केहि ठोस कार्य गर्ने मान्यताका साथ अगाडी बढ्ने लक्ष्य लिइएको छ ।
सदस्यहरुको जीवनस्तर उकास्ने तथा दैनिक ब्यवहार संचालन र स्वरोगार निर्माणमा सहयोगी भुमिका यस पुष्प बहुउद्देश्यीय सहकारी संस्था मार्फत हुदै आएको छ । सदस्यहरुसंग रहेको ससानो पुँजीलाई बचतका माध्यमबाट संकलन गरी सदस्यहरुकै आय आर्जन, दैनिक ब्यवहार संचालन तथा ब्यवसायिक काममा सहयोग पुर्याउने अभिप्रायले लगानी गरिदै आएको छ । हामी हाम्रा शेयर सदस्यहरुको दैनिक जीनवमा उपयोग तथा उपभोग हुने अनिवार्य बस्तुहरुको सहज सुलभ ढंगबाट सेवा प्रदान गर्ने गरी केहि काम गर्ने साचका साथ बहुउद्देश्यीय कार्ययोजना तयारीका लागि अध्ययन तथा संचालन प्रकृयाका क्रममा रहेका छौं । युवा स्वरोजगार कोष मार्फत पनि यस संस्थाका युवा सदस्यहरुलाई स्वरोगजार गराउने अभियानमा आबस्यक पहल भै रहेको छ । 

Read More