सहकारी तालिम तथा मृगौला रोग प्रशिक्षण सम्पन्न

पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार आधारभुत सहकारी तालिम तथा मृगौला रोग सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सदस्यहरुलाई सहकारीका आधारभुत जानकारीका साथै मृगौला रोगका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सहकारी सदस्यहरुको सशक्तिकरणमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको थियो ।
सहकारी तालिममा सहकारी प्रशिक्षक कृष्णप्रसाद अर्याल र मृगौला रोग सम्बन्धी प्रशिक्षणमा मृगौला रोग विशेषज्ञ डाक्टर शक्ति बस्नेतले सहजीकरण गर्नुभएको थियो । अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता, सचिव कल्पना थापाको सञ्चालनमा कार्यक्रम भएको हो । शिक्षा समिति संयोजक मोहनीलाल रिजालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष कमलप्रताप थापालगायतले बोल्नुभएको थियो ।



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.