Message From Chairperson

अध्यक्षको भनाई

Mr. Ram Prasad Pandey Chairperson

समाजमा रहेका जनताहरुको समान उद्देश्य र भावनालाई साथ सहयात्रा गर्दै एकताबद्दताका साथमा एक आपसमा रहेका समस्याहरु समाधान र सहकार्य गर्ने अभिप्रायले सहकारीको भावना बिकशित भएको देखिन्छ । सहकारीको अर्थ सह कार्य अर्थात सामुहिक कार्यहरु गर्ने एक बैधानिक निकाय हो र सहकारीमा आबद्ध रहने सदस्यहरुको सामाजिक, आर्थिक लगायतका क्षेत्रमा सर सहयोग, हातेमालो गर्दै अगाडी बढ्ने सोचका साथ २०५७ जेष्ठ ९ गतेका दिन यस पुष्प बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएको हो । सहकारी एक बिशिष्ठ अभियान हा । यसको माध्यमबाट शेयर सदस्यहरुलाई चेतनामुलक, स्वास्थ्य सम्बन्धि शिक्षा तथा शिबिर, सहकारी शिक्षा तथा सिपमुलक तालिमहरुका माध्यमबाट सदस्यहरुलाई स्वरोजगार तथा सचेतना गराउने कार्य सहितका अभियानहरु बिगत बर्षहरुमा गरिदै आएका छन् । यस सहकारीको स्थापनाको उद्देश्य अनुसार बहुउद्देश्यीय काम गर्ने बिगत बर्षहरुमा पनि प्रयास भएकोमा ति अनुभव तथा योजनालाई मार्गदर्शनको रुपमा लिदै यस अबधिमा केहि ठोस कार्य गर्ने मान्यताका साथ अगाडी बढ्ने लक्ष्य लिइएको छ ।
सदस्यहरुको जीवनस्तर उकास्ने तथा दैनिक ब्यवहार संचालन र स्वरोगार निर्माणमा सहयोगी भुमिका यस पुष्प बहुउद्देश्यीय सहकारी संस्था मार्फत हुदै आएको छ । सदस्यहरुसंग रहेको ससानो पुँजीलाई बचतका माध्यमबाट संकलन गरी सदस्यहरुकै आय आर्जन, दैनिक ब्यवहार संचालन तथा ब्यवसायिक काममा सहयोग पुर्याउने अभिप्रायले लगानी गरिदै आएको छ । हामी हाम्रा शेयर सदस्यहरुको दैनिक जीनवमा उपयोग तथा उपभोग हुने अनिवार्य बस्तुहरुको सहज सुलभ ढंगबाट सेवा प्रदान गर्ने गरी केहि काम गर्ने साचका साथ बहुउद्देश्यीय कार्ययोजना तयारीका लागि अध्ययन तथा संचालन प्रकृयाका क्रममा रहेका छौं । युवा स्वरोजगार कोष मार्फत पनि यस संस्थाका युवा सदस्यहरुलाई स्वरोगजार गराउने अभियानमा आबस्यक पहल भै रहेको छ । सरकारको लगानी नीति र निर्देशिकामा भएका प्राबधानहरुलाई कार्यान्वयन गर्दै हामी अगाडी बढ्ने नै छौं । हामीले संचालन गर्ने कार्यक्रम तथा योजनाहरु मार्फत हाम्रा शेयर सदस्यहरुलाई अझ बढी सेवा सुबिधा उपलब्ध गराउने एक मात्र लक्ष्य रहेको हँदा सम्पुर्ण सदस्य महानुभावहरुको साथ सहयोग र सल्लाह सुझाबको लागि हार्दिक अनुरोध गर्दछु ।
मिति २०७८।०९।१७ मा सम्पन्न यस पुष्प बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा तथा नवौं अधिबेशनबाट मेरो अध्यक्षतामा गठन भएको संचालक समितिले जिम्मेवारी लिई कार्य संचालन शुरु गरेकोे छ । सहकारी अभियान बिशुद्ध सामाजिक संस्था भएको हुँदा यस सहकारी संस्थामा आबद्ध सदस्यहरुको हितका लागि बिभिन्न गतिबिधिहरु गरिने र ति कार्यक्रमहरुमा सहभागिता लागि म सबै शेयर सदस्यज्यूहरुमा हार्दिक अनुरोध गर्दछु । संस्था सकृय रुपले संचालन गर्न लागि सबैको साथ सहयोग आबस्यक पर्ने भएको हँुदा सल्लाहकार, समिति, उपसमितिहरु गठन गरी अगाडी बढ्ने प्रयास गरिएको छ । यस संस्था स्थापना गरी यो अबस्थासम्म ल्याउन योगदान गर्नुहुने संस्थापक अध्यक्षज्यू लगायत निबर्तमान समितिहरु तथा सबैलाई हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु । धन्यवाद ।
जय सहकारी ।

मिति २०७८।१०।१९

रामप्रसाद पाण्डे
अध्यक्ष