Message From Founder Chairperson

Chairperson Mr. Charan Timalsena
Founder Chairperson
Mr. Charan Timalsena

श्री पुष्प वहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना वि.सं.२०५७ साल जेठ ९ गते भएको हो । संस्था स्थापना गर्नुको मुख्य उद्देश्य समाजमा छरिएर रहेको ससाना रकमलाई संकलन गरी सुरक्षित गर्नु थियो । संस्था दर्ता गर्नुभन्दा पहिला वु.न.पा. वडा नं.९ हाल ७ मनकामना टोलमा रहनुहुने टोलवासीहरु सवै मिली मासिक रुपमा रु. १० संकलन गरी जम्मा भएको रकम सस्तो व्याजदरमा आवश्यकता हेरीकन लगानी गर्ने प्रचलन थियो । विस्तारै मासिक रुपमा वचत गर्ने रकम रु.१० वाट वृद्घि गरी रु.१००। वचत गर्न थालियो । मिति २०५६।१२।२१ गते सोमवारको दिन सवै वचत कर्ताहरु जम्मा भई प्रारम्भिक भेला (साधारण सभा) गरियो । सो भेलाले तपशिल वमोजिमको नयाँ कार्यसमिती चयन गर्यो ।
अध्यक्ष: श्री चरण तिमल्सेना
उपाध्यक्ष: श्री लक्ष्मी पौडेल
सचिव :श्री माधव प्रसाद आचार्य
कोषाध्यक्ष: श्री दिपक न्यौपाने
सह सचिव:श्री नन्दन अर्याल
सदस्य: श्री मनादेवी ढकाल
सदस्य: श्री उमाकान्त वस्याल
सदस्य: श्री कमल भट्टराई
सहकारी सिद्घान्त अनुसार सदस्यहरुलाई आफुले आर्जन गरेको आयवाट नियमित रुपमा वचत गर्ने बानी वसाल्न उत्प्रेरीत गरी संकलित बचतवाट उचित व्याजदरमा विभिन्न शिपमुलक आय आर्जनका लागि क्रृण लगानी गरी आर्थिक स्तर उकास्न, सामाजिक सहयोग तथा सद्भावना अभिवृद्घि गर्न सामुहिक हितका लागि विभिन्न श्रृजनशिल कार्य गर्न गराउन तथा न्यून स्तरका व्यक्तिहरुलाई उकास्न विभिन्न कार्यक्रम संचालन गर्दै देशको आर्थिक विकासमा सक्दो टेवा पुर्याउनका लागि सहकारी ऐन २०४८ अन्तर्गत मिति २०५७ साल जेठ ९ गते डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता गरी वु.न.पा वडा नं. ७ पुष्पनगरमा संस्थाको कार्यालय स्थापना गरियो ।
सहकारी सम्वन्धि विस्तृत ज्ञान नभइ संस्था दर्ता गरेपनि संस्था संचालन गर्ने भावना पवित्र थियो । त्यसैले हामी सहकारी सिक्न र प्रयोग गर्न कुनै कन्जुस्यायी नगरी सहकारी मूल्य,मान्यता,सिद्घान्त र मर्मलाई सकेसम्म प्रयोग गर्दै जाँदा नै आजको यो पुष्प सहकारी वन्न पुगेको हो । यस संस्थाको कार्यक्षेत्र वुटवल नगरपालिका मात्र भएकोले आज रुपन्देहीका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियान्ताहरु हाम्रो संस्थाप्रति गर्व गर्छन् भन्ने जानकारी पाउँदा हामीलाइ अत्यन्तै खुशी लाग्ने गर्छ । वुटवलवासीले त झन यो संस्थालाई धेरै माया गर्ने र यसको पूँजी वृद्घिमा निरन्तर योगदान गरिरहेका छन् ।
आज श्री पुष्प वहुउद्देश्यीय सहकारी संस्था लि. कति सवल र सक्षम छ भन्दा पनि यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा महत्वको भएको छ । किनकी यसको मजवुती, सक्षमता, सुशासन, विश्वसनीयता र दिगोपनमा सदस्य एवं समुदायले प्रश्न उठाउन छाडेका छन् । त्यो संस्थाप्रति वढेको जन विश्वासको प्रतिक हो भन्ने मेरो वुझाई रहेको छ । अव श्री पुष्प सहकारीले यसका सदस्य र समाजमा कस्तो प्रभाव पार्न सकेको छ अर्थात् समाज परिवर्तनमा यो सहकारीले के कति योगदान गर्न सक्यो ? के गर्दै छ र भविष्यमा के गर्न सक्छ ? भन्ने विषय महत्वको बनेको छ । त्यसैले यो संस्थाका कार्यक्रमहरु सदस्यको जिवनस्तर कसरी सहज र समृद्घ गर्न सकिन्छ ? भन्ने कुरामा केन्द्रित रहेको छ ।
यो संस्थाको मिति २०५७।०४।०४ गते भएको दोश्रो साधारण सभाले श्री माधव प्रसाद आचार्यको अध्यक्षतामा तपशिल वमोजिमको ७ सदस्यीय संचालक समिती गठन गर्यो ।
अध्यक्ष: श्री माधव प्रसाद आचार्य
सचिव : श्री दिपक न्यौपाने
कोषाध्यक्ष: श्री लक्ष्मी पौडेल
सदस्य: श्री नन्दन अर्याल
सदस्य: श्री निर्मला वस्याल
सदस्य: श्री सवित्री खड्का
सदस्य: श्री लक्ष्मण घिमिरे
सर्वप्रथम संस्थाको उद्देश्य अनुरुप विपन्न वर्गका व्यक्तिलाई रोजगार प्रदान गर्ने , प्लाष्टिकको प्रयोग हटाई वातावरण प्रदुशण रोक्ने र सहकारीको माध्यमवाट उत्पादनशिल कार्य गरी सामुहिक आर्थिक स्थिति सुदृढ गर्दै लैजाने उद्देश्यले पुष्प वहुउद्देश्यीय कागज सामाग्री उद्योग संचालनका लागि मिति २०५७।०८।०७ गते संस्थाको विशेष साधारण सभा आव्हान गरी ५ सदस्यीय उद्योग संचालक समिती गठन गरियो।
उद्योग संचालक अध्यक्ष: श्री कृष्ण प्रसाद भट्टराई
सदस्य सचिव (पदेन)अध्यक्ष: श्री माधव प्रसाद आचार्य
सदस्य: श्री उमाकान्त वस्याल
सदस्य: श्री फननारायण ढकाल
सदस्य: श्री दिपक न्यौपाने
उद्योग संचालकहरुको सकृय सहभागितामा वु.न.पा. लाई प्लाष्टिक विरुद्घको अभियान अन्तर्गत नगरपालिकासंग समन्वय गरी वुटवलमा पेपर रिसाइक्लिनको सम्भावना न्यून देखिएकोले अर्ध तैयारी कच्चा पदार्थ खरीद गरी त्यसवाट सम्भावित हुने सामाग्री जस्तै थुँगा ,जुट तथा कपडाका झोला उत्पादन गर्नका लागि गाउँ नगर साझेदारीवाट कर्जा लिई उद्योग संचालन गरियो । सामाग्री तयार भएपछि संस्थाको निर्धारित मूल्य अनुसारको वजार मूल्य नहुदा उद्योगवाट सोचे अनुसारको सफलता हासिल गर्न सकिएन । तर पनि संस्थाको योजनामा प्रत्येक शेयर सदस्यहरुको घरमा पुगेर उनीहरुको क्षमता विकास र आयश्रोतमा वृद्घिका कार्यक्रम संचाालन गरिदै छ ।
सहकारीको दायित्व समाजमा चेतना वढाउनु रहेकाले आफ्नो कार्यालय रहेको वडामा मिति २०६९।०१।१९ गतेका दिन स्वास्थ्य सम्वन्धि जनचेतना र्याली कार्यक्रम निकालिएको थियो । यसैगरी मिति २०६९।१०।०७ गतेका दिन सिर्जनशिलताको विकास र सहकार्यका लागि व्यक्तिमा सकारात्मक सोच अपरिहार्य भएकाले सकारात्मक सोंच सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । मिति २०६९।१२।१० गतेका दिन सहकारीका शेयर सदस्यहरुलाई ‘सहकारी किन र वचत परिचालन कसरी’ गर्ने तथा सहकारीका मूल्य,मान्यता र सिद्घान्तको वारेमा १ दिने प्रशिक्षण दिइएको थियो । यसैगरी मिति २०७० साल जेठ १५ गते संस्थाको कार्यलय रहेको वडाका वडावासीहरुलाई स्वास्थ्य सम्वन्धि सचेतना जगाउन निशुल्क स्वास्थ्य शिविर संचालन गरी औषधी समेत निशुल्क वितरण गरिएको थियो । मिति २०७३।०१।२६ गते स्वास्थ्य नै मानिसको प्रमुख धन भएकोले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम भनि खानपिन र जीवन शैलीलाई स्वास्थ्य मैत्री वनाउने उद्देश्यले संस्थाका शेयर सदस्यहरुलाई मुटु ,छाती तथा मृगौला रोग सम्वन्धि प्रशिक्षण कार्यक्रम गरिएको थियो ।
मिति २०७३।०२।०९ गते देखि संस्थाका गृहिणी महिला शेयर सदस्यहरुका लागि आत्म निर्भर तथा उद्यमशिलता विकास भै आर्थिक स्तर उकास्न लगातार चुरापोते ,तैयारी गहना , मोतीका टप ,गुडिया कुशन आदि सिपमुलक तालिम संचालन गरिरहेको छ। शेयर सदस्यहरुले तालिम लिई आफ्नो व्यक्तिगत व्यवसाय संचालन गर्नुका साथै प्रशिक्षको रुपमा पनि काम गरिरहनु भएको छ ।युवाहरुको जनसंख्या उल्लेख्य भएको देश भएपनि वेरोजगारी समस्याले गर्दा यहाँका युवाहरु खाडी मुलुकमा श्रम वेच्न वाध्य भएका छन् । युवा शक्ति र श्रमलाई स्वदेशमा नै उपयोग गर्ने उद्देश्यले युुवा तथा साना व्यवसायी स्वरोजगार कोषवाट कर्जा लिइ सस्तो व्याजदरमा इ–रेक्सा , मसला उद्योग , माछा पालन , टुर्स एण्ड ट्राभल्स तथा स्टेशनरी आदिमा लगानी गरिएको छ । युवाहरुको लागि आवश्यक पर्ने मोवाइल मर्मत तालिम पनि दिइरहेको छ ।
आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवं जीवन स्तरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रम ल्याउनु पर्छ र त्यसको केही खाकाहरु पनि तयार भैसकेका छन् । मलाई विश्वास छ श्री पुष्प वहुउद्देश्यीयको अनुभवी र समर्पित टिमले अगाडि ल्याएका योजनालाई विगतमा जस्तै भविश्यमा पनि सफल बनाउदै लैजाने छ । हामीलाई माया र सहयोग गर्ने सवैलाई आभार सहित धन्यवाद दिंदै हार्दिक नमन गर्दछु ।।। धन्यवाद ।।।
।।।। जय सहकारी ।।।।

२०७५।०३।१५
चरण तिमल्सेना
संस्थापक अध्यक्ष