Remittance

रेमिटान्स (Remittance):

रेमिट भुक्तानी लिनका लागि प्रापकले निम्नमध्ये कुनै एक कागजातको फोटोकपी पेस गर्नु पर्ने छ ।
– नागरिकता प्रमाण पत्र
–  राहदानी (पासपोर्ट)
–  सवारी चालक अनुमती पत्र (लाइसेन्स)
–  मतदाता परिचय पत्र
–  शरणार्थी दर्ता प्रमाण पत्र (रेफ्युजी कार्ड)
–   नेपाल सरकारको कुनै निकायबाट प्रदान गरिएको फोटोसहितको परिचय पत्र
अमेरिका, क्यानाडा, बेलायत, जर्मनीलगायत देशबाट वेस्टर्न युनियन मार्फत पठाएको रेमिट भुक्तानी लिनका लागि प्रापकले माथि उल्लिखित कागजात मध्ये कुनै दुईको फोटोकपी पेस गर्नु पर्ने छ ।
रेमिट कारोबार गर्दा रकम भुक्तानी लिन आउने प्रापकले अनिवार्य रुपमा सम्बन्धित रेमिटको फर्म भर्नु पर्ने छ ।
रेमिट रकम भुक्तानी गर्दा बचत खाता मार्फत भुक्तानी गर्न प्रेरित गरिने छ ।